राजनीति


भूमिसम्बन्धी अध्यादेशसहित सबै संसद्‌बाट पास हुन्छन् : सञ्चारमन्त्री गुरुङ

भूमिसम्बन्धी अध्यादेशसहित सबै संसद्‌बाट पास हुन्छन् : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
माघ ३०, २०८१ बुधबार १६:५६, काठमाडौँ

सरकारले भूमिसहित सबै अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसहित सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्‌‌बाट पारित हुने दाबी गरेका हुन्।

उनले भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्लामात्रै भएको बताए। जनता समाजवादी पार्टी (जसपा) नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको उनको भनाइ छ। उनले अध्यादेशमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको बताए।

उनका अनुसार, माघ २८ गते बसेको मन्त्रिपरिषद्ले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ लाई खारेज गर्ने निर्णय गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले पहिरो रोकथामसम्बन्धी परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

यस्तै, ६७० मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अघि बढाउन सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad