विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुँदै छ।
यस बहुप्रतीक्षित विवादमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।
इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
न्यायाधीश कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेपछि चुडाल र सुवेदीलाई समेट्दै इजलास गठन गरिएको छ।
२०७७ सालदेखिको विचाराधीन यस विवादमा लामो समयदेखि पूर्ण सुनुवाइ हुन सकेको थिएन। विभिन्न राजनीतिक शक्तिको चासो पनि जोडिएको यस मुद्दाको सुनुवाइ नभएकामा न्यायिक नेतृत्वले आलोचनासमेत खेप्नुपरिरहेको छ।
Shares

प्रतिक्रिया