राजनीति


थारु समुदायको कला, सीप र संस्कृतिको संरक्षण गरौँ : शेरबहादुर देउवा

थारु समुदायको कला, सीप र संस्कृतिको संरक्षण गरौँ : शेरबहादुर देउवा

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८१ शनिबार २०:१, काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार दंगीशरण गाउँपालिकाको चखौरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।  

‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ,’उनले भने, ‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ। साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ।’

थारू समुदाय कला ,सीप संस्कृतिमा धनी भए पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसकेको बताए। देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरे। थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको उनको भनाइ थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad