नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले जाजरकोट भूकम्प र बाढीपहिरोको चपेटामा परेका सडकको निर्माणको काम सरकारले कसरी गरिरहेको भन्दै जवाफ माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दलै थापाले असोजको बाढीमा बगेका सडकको मर्मतबारे सरकारको तयारीबारे जवाफ मागेका हुन्।
'जाजरकोट भूकम्पका कारण ९२ हजार प्रभावित भएका छन्। उनीहरूले अहिलेसम्म अनुदानको दोस्रो किस्ता पाएका छैनन्,' उनले भने, 'असोजको बाढीका कारण क्षति भएका ४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ। पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ? बर्खामा बाटोहरू कसरी बन्छन्?’
96
Shares

प्रतिक्रिया