राजनीति


एकीकृत निर्वाचनसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न निर्देशन

एकीकृत निर्वाचनसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न निर्देशन

नेपालखबर
माघ २३, २०८१ बुधबार १७:१२, काठमाडौँ

एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्‌मा यथाशीघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्‌मा तत्काल पेस गर्न सरकारलाई निर्देशन दिएको हो। 

बैठकपछि सरकारलाई निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताए। 

‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्न नेपाल सरकारलाई निर्देशन दिने,' उनले भने, 'निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने।’ 

समितिले आजको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad