राजनीति


प्रचण्ड र हामीबीचको गठबन्धन हाम्रा कारण टुटेको होइनः गगन थापा

प्रचण्ड र हामीबीचको गठबन्धन हाम्रा कारण टुटेको होइनः गगन थापा

नेपालखबर
माघ २३, २०८१ बुधबार १०:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको तत्कालीन गठबन्धन आफूहरूका कारण नटुटेको दाबी गरेका छन्। 

आज बिहान पोखरामा पत्रकारसँग बोल्दै उनले प्रचण्डकै कारण त्यस बेलाको गठबन्धन तोडिएको आरोप लगाएका हुन्। 

‘प्रचण्डजी र हामीबीच भएको गठबन्धन हाम्रो कारणले टुटेको होइन, हामी यो नचाइने कुरामा लाग्न हुँदैन’, पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘प्रचण्डले त्यो दिनचाहिँ म नेकपा एमालेसँग, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउँछ नजानु भएको भए कांग्रेसले के गरेको थियो? हामीले के गरेका थियौँ?’ 

यस क्रममा महामन्त्री थापाले त्यतिबेला गोदावरीमा बसेको महासमिति बैठकले गठबन्धन परिवर्तनको कुनै कुरा नगरेको जिकिर पनि गरेका छन्। 

‘गोदावरीमा भएको महासमिति बैठकले गठबन्धन फेरिएको छ भनेर निष्कर्ष निकालियो भने सबैलाई मूर्ख बनाउने कुरा मात्रै हुन्छ,’ उनले भने, ‘के सोच्नु होला, म त्यता पनि टिप्पणी गर्न चाहन्नँ। बाई च्वइस मलाई बकाइदा निर्णय गरेर मलाई सजिलो हुन्छ भनेर नेकपा एमाले, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउन जानुभएको हो।’

हिजोका दिनमा प्रचण्डसँग गठबन्धन बनाउँदा पनि नेपाली कांग्रेस शतप्रतिशत इमान्दार रहेको र आजको गठबन्धनप्रति पनि उस्तै इमान्दार रहेको जिकिर थापाले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad