राजनीति


बाहरू ठिक ठाउँमा आए नातिहरू आफैँ आउँछन् : गगन थापा

बाहरू ठिक ठाउँमा आए नातिहरू आफैँ आउँछन् : गगन थापा

नेपालखबर
माघ २२, २०८१ मंगलबार १७:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी संगठन मजबुत बनाउन 'बा'हरू ठिक ठाउँमा आउनुपर्ने बताएका छन्। 

पर्वत पैयुँमा प्रदेश 'ख' कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै थापाले बा, हजुरबाहरू घरमा बसेर मोबाइलमा फेसबुक हेरेर बिग्रियो, बिग्रियो मात्रै भन्ने काम गरेर समस्या भएको बताएका हुन्।  

'तपाईंहरूले माया गर्नु भएको छ। भर गर्नु भएको छ। हामी सम्हाल्छौँ कांग्रेस,' उनले भने, 'घरमा बसेको छ। हजुरबा ३० वर्षसम्म पार्टीमा लाग्दा केही भएन भनेको छ अनि नातिहरू  कहाँबाट आउँछन् कांग्रेसमा ? खाली बिग्रियो भनेको छ। बाहरू ठिक ठाउँमा आउने अवस्था बनाउने भने नातिहरु आफैँ  आउँछन्।'

त्यस्तै उनले हामी सक्छौँ भनेर काम गर्न पनि सबैलाई आग्रह गरे। अहिले कामभन्दा गनगन धेरै भएको भन्दै उनले रोजगार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सुधारका लागि धेरै गर्न बाँकी रहेको बताए।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad