ad ad

राजनीति


कोरोना रोकथामबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

कोरोना रोकथामबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखबर
चैत ९, २०७६ आइतबार ८:०,

 प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

बैठकमा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रका पूर्व तयारीबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति गठन गरेको थियो।

सोही समितिले अहिले कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी गर्दै आएको छ। समितिले गर्दै आएका तयारी र आवश्यक थप तयारीबारे बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .