राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजीनित दलहरू आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।
उनले अहिले दैनिक दुई हजार युवा विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गरे। मुलुकलाई पुँजीवादले नांगो प्रहार गरेको उनको भनाइ छ। उनले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरू बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको उल्लेख गरे।
अहिले खाडी र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे। जनतामा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताए। अध्यक्ष केसीले कांग्रेस-एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताए। उनले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै? भन्दै प्रश्न गरे।
‘राजनीति गर्ने मान्छेलाई आम नागरिकले कति सम्मान गर्थे ? आज राजनीति गर्ने मान्छेहरुलाई नेपाली जनताले कसरि हेर्छन् ? के व्यवहार गर्छन ? त्यससको ख्याल गरेका छौं हामीले ? त्यसको मुल कारण के हो भने आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौँ,' उनले भने, 'अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दाखेरि दिनको १५ सयदेखि दुई हजारका दरले नयाँ बाहिर गइरहेको छ। यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ? यही हो हाम्रो विकास?'
Shares

प्रतिक्रिया