मधेस केन्द्रित दलले मोर्चाबन्दीका लागि कार्यदल गठन गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको आठ दलको बैठकले हरेक दलबाट एकेक जना रहने गरी कार्यदल बनाउने निर्णय गरेको हो।
कार्यदलमा जनता समाजवादी दलको तर्फबाट इस्तियाक राई, जनमत पार्टीबाट शरद सिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव, तमलोपाबाट ब्रजेश सिंह सहभागी छन्।
सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरू पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा गरेका हुन्। राष्ट्रिय मुक्ति पार्टीका केशव झाका अनुसार कार्यदलले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ। सोही प्रतिवेदनका आधारमा मधेसी दलहरूले आगामी रणनीति गर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया