राजनीति


अध्यादेशको विरोध गर्ने एकीकृत समाजवादीको निर्णय

अध्यादेशको विरोध गर्ने एकीकृत समाजवादीको निर्णय

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८१ बिहिबार १७:२५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।

सरकारले मुठीभर व्यक्ति र व्यवसायीहरुको लागि काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरु गर्ने तयारी गरेको बताए। भट्टराईले सरकारले अध्यादेशमार्फत कालोबजार ऐनलाई तोडमोड गरी २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको बताए। 

उनले भने, ‘सरकारले ल्याएको अध्यादेश जस्तो देखिन्छ। तर कालोबजार ऐनलाई तोडमोडल ग¥यो। २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रुपमा बढेको छ। मुठिभर व्यक्ति र व्यवसायीहरुको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ। भूमिहिन किसानलाई घरवासको व्यवस्था गर्नुपर्छ भनेर संविधानले व्यवस्था गरेको छ। संरक्षित क्षेत्रका जमिनहरु समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह  र उद्योगलाई  दिने खेल भएको छ। गिरीबन्धु जस्ता जग्गालाई वैद्य बनाउने कामको विरोध गर्नेछौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad