राजनीति


सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्छौं: विपक्षी दल

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्छौं: विपक्षी दल

नेपालखबर
माघ १७, २०८१ बिहिबार ११:१०, काठमाडौँ

माओवादी केन्द्रसहित संसद्का विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्।

आज (बिहीबार) बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो। संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। 

बैठकपछि माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भोलीदेखि सुरु हुने संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने बताए। 

उनले सरकारले ल्याएका अध्यादेशका विरुद्धमा एक भएर जाने निर्णय भएको जानकारी दिए। 

‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाका हिसाबले पनि गलत छ,’ उनले भने, ‘संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ। यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालेका छौँ। हामीले सरकारले ल्याएको अध्यादेश  अस्वीकार गर्ने निर्णय गरेका छौँ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्नपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad