संघीय संसद्मा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएका हुन्।
सरकारले मंगलबार उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद्को हिउँदे अधिवेशनबाट यसलाई 'फास्टट्रयाक'मा पारित गर्ने बताइसकेका छन्।
महासंघले भने सरोकारवाला पक्षसँग समामान्य परामर्श र छलफल नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधान समावेश गरी विधेयक अगाडि बढाएको भन्दै सच्याउन आग्रह गरेको छ। 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुनेतर्फ पनि महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ' विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया