राजनीति


नेपाल हेर्ने भारतीय सचिव काठमाडौँमा, परराष्ट्रमन्त्री राणासँग भेट

नेपाल हेर्ने भारतीय सचिव काठमाडौँमा, परराष्ट्रमन्त्री राणासँग भेट

नेपालखबर
माघ १६, २०८१ बुधबार १२:९, काठमाडौँ

भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने डेस्कका अतिरिक्त सचिव मुनु महावर नेपाल भ्रमणमा आएका छन्। 

उनले बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार शिष्टाचार भेटमा नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको थियो। 

महावरले मंगलबार परराष्ट्रसचिव अमृतबहादुर राईसँग पनि भेटघाट गरेका थिए। 

नेपाल सम्बन्धी नीति निर्माण गर्न भारतीय विदेश मन्त्रालयको उत्तरी डेस्कको महत्वपूर्ण भूमिका हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad