राजनीति


नेपाल प्रहरीमा २५ एसएसपी बढुवा, जिम्मेवारी तोक्न बाँकी

नेपाल प्रहरीमा २५ एसएसपी बढुवा, जिम्मेवारी तोक्न बाँकी

नेपालखबर
माघ ९, २०८१ बुधबार १८:५, काठमाडौँ

नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। गृहमन्त्री रमेश लेखकले बुधबार उनीहरुलाई बढुवा गर्ने निर्णय गरेका हुन्। 

बढुवाको निर्णय भए लगतै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। तर उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए। 

एसएसपीमा बढुवा हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहेका छन्। 

यसैगरी प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

गत साता बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad