नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अखिल क्रान्तिकारीका पदाधिकारीबारे सहमति नजुटेपछि चुनाव हुने भएको छ।
उक्त बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई खुमलटार निवासमै बोलाएर धारणा बुझेको थिए।
दाबेदारहरु पछि हट्ने सम्भावना नदेखेपछि प्रचण्डले पदाधिकारी बैठकमै सो एजेण्डामा छलफल गरी चुनावमै गएर नयाँ नेतृत्व चयन गर्ने निर्णय गराएको सचिव दीनानाथ शर्माले जानकारी दिए।
‘चुनाव लड्न चाहाने इच्छुक साथीहरुलाई उम्मेदवारी दिनुहोस् भन्ने निर्णय भएको छ', शर्माले भने, 'पार्टीको प्रत्यक्ष हस्तक्षेप हुँदैन। विद्यार्थी फ्याक्सन इन्चार्जले सहमति गराएर ल्याए ठिकै छ, नत्र निर्वाचन गरिदिने।'
पदाधिकारीको यस्तो निर्णयसँगै क्रान्तिकारीको अध्यक्ष र महासचिवमा मनोनयन सुरु भएको छ।
अध्यक्ष प्रचण्डलाई भेटेपछि विद्यार्थी नेताहरुले अध्यक्ष र महासचिवमा उम्मेदवारी दिएका थिएनन्। निर्वाचन समितिले ९ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने समय दिएको छ।
यसअघि साँझ ६ बजेसम्मको समय दिइएको थियो। अनलाईनबाट उम्मेदवारी मनोनयन गर्दा ढिलाइ भएपछि समय बढाइएको हो।
Shares

प्रतिक्रिया