राजनीति


हर्कको मागबारे खानेपानी मन्त्री यादव भन्छन्– एडीबीको ऋण लिएर आयोजना अगाडि बढाउँछौं

हर्कको मागबारे खानेपानी मन्त्री यादव भन्छन्– एडीबीको ऋण लिएर आयोजना अगाडि बढाउँछौं

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८१ मंगलबार १४:४६, काठमाडौँ

धरानका मेयर हर्क साम्पाङ धरानमा खानेपानीको स्थायी समधान खोज्नुपर्ने भन्दै त्यसका लागि बजेट माग गर्न काठमाडौँ आएका छन्। 

मंगलबार उनले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवलाई मन्त्रालयमा भेटेर त्यसबारे उनले ध्यानाकर्षण गराएका छन्। कोसीको पानी धरानमा ल्याउनेगरी संघीय सरकारले बनाएको डीपीआर अनुसार बजेट पाउनुपर्ने माग मेयर साम्पाङको छ। 

खानेपानी मन्त्री प्रदीप यादवले पनि डीपीआर अनुसारै आयोजना अघि बढ्ने र त्यसका लागि एसियाली बिकास बैंक (एडीबी)को ऋण सहयोग लिने बताएका छन्। 

मेयर साम्पाङको मागबारे यादवले भने, ‘५ अर्ब ७३ करोडको डीपीआर बनेको छ। त्यसै अनुसार डेन्डर निस्कन्छ। खानेपानी मन्त्रालय त्यसलाई सम्बोधन गर्नको निम्ति प्रतिवद्ध छ।’

आयोजनाका लागि त्यत्रो स्रोत कहाँबाट जुटाउनुहुन्छ भन्ने प्रश्नमा मन्त्री यादवले एडीबीको ऋण प्रयोग गर्ने जानकारी दिए।

‘धरानको समस्या लिएर ३, ४ महिनाअघि मैले अर्थमन्त्रीसँग छुट्टै भेटेको थिएँ,’ यादवले भने, ‘उहाँले एडीबीको जुन ऋण सहयोग छ, त्यही बजेट लगाउने भनेर भनिसक्नुभएको छ। त्यसैले एडीबीको ऋण सहयोगबाट समस्या समाधान गर्ने।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad