राजनीति


माधवको प्रश्न- संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने?

माधवको प्रश्न- संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने?

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १७:८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको आरोप लगाएका छन्। 

शुक्रबार काठमाडौँमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको आयु लम्ब्याउन खोजेको आशंका गरे।

‘सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ, संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन,’ उनको प्रश्न छ, ‘अब ०८७ सम्म कुर्नुपर्ने? यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्‍यो? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने? यसको जवाफ दिनुपर्‍यो।’

अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गरे। सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने समेत उनले चेतावनी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad