मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हिजो जुसुकै पृष्ठभूमिका भए पनि अहिले आफूसँग जोडिनेहरु आफ्नो अभियानका सदस्य हुने बताएका छन्।
‘हिजो कसले कसलाई सर्मथन गरेको थियो, अहिले यहाँ आउने युवाहरुले कसको सर्मथन गर्छन्,’ शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ती युवाहरुले मेरो सर्मथन गरेपछि फलानो पार्टी भन्ने हुन्छ र?’
रावलले अगाडि भने, ‘हिजो कोही समाजवादी थियो कि कसैले राजाको नारा लगाएको थियो कि? कसैले कांग्रेसको नारा लगाएको थियो कि? म यहीबाट भन्छु, ती युवाहरु जहाँ-जहाँ भए पनि मेरो साथमा आएपछि ती मातृभूमि जागर अभियानका हुन्। मान्छेले बदल्न त पाइयो नि।’
बालेन शाहबारे सोधिएको प्रश्नमा रावलले राष्ट्रको हितमा अगाडि आउने सबैसँग मिलेर अगाडि बढ्ने बताए। उनले भने, ‘यो देशको हित चाहने बालेनजी हुनुहुन् कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं।’
Shares

प्रतिक्रिया