राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ४ अध्यादेश जारी गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले तीमध्ये ४ वटा जारी गरेको राष्ट्रपति कार्यालय, शीतलनिवासले जनाएको छ।
तर, राष्ट्रपतिले पौडेलले अहिलेलाई ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’लाई थाती राखेका छन्।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा ५ वटै अध्यादेश उल्लेख गरेका छन्।

999
Shares

प्रतिक्रिया