कारोबार


सरकारी निकायले फर्निचरदेखि ट्वाइलेट पेपरसम्म नेपाली प्रयोग गर्नुपर्ने (सूचीसहित)

सरकारी निकायले फर्निचरदेखि ट्वाइलेट पेपरसम्म नेपाली प्रयोग गर्नुपर्ने (सूचीसहित)

नेपालखबर
पुस २९, २०८१ सोमबार १९:१३, काठमाडौँ

सार्वजनिक निकायले ८ प्रकारका वस्तु  नेपालमा उत्पादित नै प्रयोग गर्नुपर्ने भएको छ। 

सोमबार राजपत्रमा प्रकाशित भएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ अनुसार कर्मचारीका पोशाक देखी सजावटका सामाग्री नेपाली हुनुपर्ने व्यवस्था गरेको हो। 

सार्वजनिक निकायले निर्देशिका बमोजिम स्वदेशी वस्तुको खरिद वा प्रयोग गरे वा नगरेको मन्त्रालयले त्रैमासिक रुपमा निरीक्षण गर्नुपर्नेछ।

सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नुपर्नेछ। 

त्यस्तै सार्वजनिक निकायका प्रदाधिकारीले कुनै उपहार प्रदानगर्दा स्वदेशी वस्तु प्रयोग गर्नुपर्नेछ। 

सरकारी कार्यालयहरुले स्टेसनरी, छपाईसम्बन्धी वस्तु नेपाली प्रयोग गर्नुपर्ने छ। जसमा नेपाली हातेकागज, ब्राउन पेपर, डटपेन, पेन्सिल, खाम, रजिष्टर, टिस्युपेपर, डायरी, कामी, फाइ, व्याग, दोसल्ला, सल लगायत वस्तु नेपाली हुनुपर्नेछ। 

तयारी पोसाक र कोसेली तथा उपहार नेपाली वस्तु हुनुपर्ने छ। अल्लो, केतकी, बाँस, केराको रेसालगायत स्थानिय कच्चा पदार्थबाट निर्मित कपडा, ऊनबाट निर्मित वस्तु, ढाका, पस्मिना, जुटबाट उत्पादिन सामाग्री प्रयोग गर्नुपर्ने छ। सम्मेलनमा प्रयोग हुने ब्याग, ब्याच तथा अन्य सामाग्री हस्तकला, काष्ठकला, मूर्तिकलाका वस्तु प्रयोग गर्नुपर्नेछ।

फर्निचर, फर्निसिङ, सरसफार्य, फ्लोरिकल्चर, साजसज्जाका वस्तु पनि नेपाली उत्पादन हुनुपर्ने छ। काठबाट निर्मित फर्निचर, प्लाइउड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसो, तथा निकालोबाट तयार सामान, गलैचा, कार्पेट, मेट्रेस नेपाली हुनुपर्नेछ।
 
सरसफाइमा प्रयोग हुने झोल तथा केमिकल, साबुन, सर्फ, स्याम्पो, कुचो, डस्बिन, ट्यालेट पेपर, पुष्पमाला नेपाली हुनुपर्नेछ। 

मेसिनरीमा तथा उपकरणमा ६३ एमभिएसम्मका ट्रान्सपरमर, लघु तथा साना जलविद्युत आयोजना २ मेगावाटसम्मकोलागि आवश्यक सामाग्री, कम्प्युटर सफ्टवेयर, सुक्का ब्याट्री नेपाली हुनुपर्नेछ। 

निर्माण सामाग्री समेन्ट, छड, इटा, रङरोगनका वस्तु, एएसी ब्लक, प्रिफ्याब, रोजिन नेपालमा बनेको हुनुपर्ने छ। 

कृषि तथा पशुजन्य उत्पादन, खाद्य र पेय पदार्थ नेपाली हुनुपर्ने छ। दुधजन्य पदार्थ, अण्डा माछामासु, प्रशोधित तेल, चिया कफि, अलैंची, सबै प्रकारका फलफुल, मिनिरल वाटर, विद्यालयमा प्रयोग हुने सातु, पिठो, लिटो, विस्कुट नेपाली हुनुपर्ने छ। 

जडीबुटीजन्य वस्तु र प्लास्टिकका प्याकेजिङ फिल्म तथा सिट नेपाली हुनुपर्ने छ।

यी वस्तु खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली उत्पादन नामक एक विद्युतीय पोर्टल बनाई कार्यन्वयनमा ल्याउने छ। त्यसमा स्वदेशी वस्तु उपलब्ध गराउन चाहाने उत्पादकले वस्तुको नाम, परिमाण, खुद्रा तथा थोक विक्री मुल्य, गुणस्तर लगायतका विशेषता समावेश गरी विद्युतीय पोर्टलमा सूचीकृत गराउनु पर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad