राजनीति


परराष्ट्रमन्त्रीको दाबी– बीआरआई अन्तर्गतका सबै परियोजनाहरू अनुदानमै आउँछन्

परराष्ट्रमन्त्रीको दाबी– बीआरआई अन्तर्गतका सबै परियोजनाहरू अनुदानमै आउँछन्

नेपालखबर
पुस २९, २०८१ सोमबार १५:२४, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझदारी भएको दाबी गरेकी छिन्।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको दाबी गरिन्।

‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेको छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडिपी) डेथ सर्विसिङमा छ। हामी कुनैपनि प्रकारको ऋण लिने अवस्थामा छैनौं,’ मन्त्री राणाले भनिन्, ‘त्यसकारण हामीले तपाईसँग एड र ग्रान्ट मात्र अपेक्षा गरेका छौं भनेर निर्लज्जका साथ प्रस्तुती गरेकी छु। जे हो त्यो त भन्ने पर्‍यो नि। अहिले हामीले जतिपरि परियोजना यसमा हालेका छौं, त्यो सबै एड फाइनान्सिङमै आउँछ। चीन सरकारले पनि के भन्नभुभएको छ भने जतिपनि परियोजना हामीले दिने भनेका छौं, त्यही अन्तर्गत आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad