नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उनले नेपाली कांग्रेस र एमालले वर्तमान सरकारले उदारणीय खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
‘नेपाली कांग्रेस र एमालले विगतमा ९ महिना, १ वर्ष, ३ वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ,’ थपाले भने, ‘त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ। यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार ३ वर्षसम्म चल्छ। ३ वर्ष भनेको सानो समय होइन। तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले फाइदा पाउनुपर्छ।’
उनले अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने र त्यसो भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने जिकिर गरे। ‘अहिलेसबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो,’ थापाले भने, ‘अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ। अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ। नत्र सरकार पहिला पनि थिए चलेकै थियो। वर्तमान सत्ता समीकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं। निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो। धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ।’
Shares

प्रतिक्रिया