राजनीति


प्रचण्डको प्रतिवेदनमा सुदनको फरक मत–राजनीतिक दस्तावेजमा योगाको विषय नराखौं

प्रचण्डको प्रतिवेदनमा सुदनको फरक मत–राजनीतिक दस्तावेजमा योगाको विषय नराखौं

नेपालखबर
पुस २२, २०८१ सोमबार १६:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टीको राजनीतिक दस्तावेजमा योगाको विषय नराख्न सुझाव दिएका छन्।

माओवादी केन्द्रको केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्दै उनले भने यो व्यक्तिगत रुचि र अतिरिक्त क्रियाकलापको विषय भएको भन्दै राख्न नहुने धारणा राखेका हुन्।

‘योगा शिविर संचालन गर्ने भन्ने प्रतिवेदनमा आयो। राजनीतिक दस्तावेजमा योगाको विषय नराखौं,’ उनले भने, ‘यो व्यक्तिगत रुचिको र अतिरिक्त क्रियाकलाप हो। राख्नुपरे फिजियो थेरापी, मर्निङवाक, मुन्धुमका धामी-झाँक्री (राई-लिम्बुको भाषामा विजुवा फेदाङमा भनिन्छ)को कुरा राखौं।’

किरातीले बरु ‘जाँडरक्सी नपिऊ, जुवातास नखेलौं’ भनेर राख्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad