नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन्।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले चेपाङलाई पार्टी प्रवेश गराएका हुन्।
मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन्।
त्यस्तै बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको ओलीको राजनीतिक प्रतिवेदनमाथि धाराणा राखेका छन् भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको बताइएको छ।
327
Shares

प्रतिक्रिया