राजनीति


कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

नेपालखबर
पुस १८, २०८१ बिहिबार १७:५३, काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने आशा व्यक्त गरेका छन्।

नेपालका लागि इजरायलका राजदूत स्मुलिकबाससँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलवीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दे दुई मूलूकबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे।

नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सृजना गरेको भन्दै यसलाई पुनःनिरन्तरता दिन उनले आग्रह गरे।

इजरायलले नेपाली विधार्थीलाई उपलब्ध गराउँदै आएको  छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको  भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौताअनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे।

करिब पाँच हजार नेपाली हाल इजरायलमा कार्यरत रहेको  र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे।  

त्यसक्रममा राजदूतावासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए। राजदूतावासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको राजदूतावासले जनाएको छ। कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतिको कार्यन्वयनमा आफूले ध्यान दिने पनि राजदूतको प्रतिबद्धता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad