प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन्।
शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरूको सहभागिता रहेको थियो।
9
Shares

प्रतिक्रिया