ग्लोबल


अमेरिकामा भीडभित्र गाडी छिर्दा १० जनाको मृत्यु , ३० घाइते

अमेरिकामा भीडभित्र गाडी छिर्दा १० जनाको मृत्यु , ३० घाइते

नेपालखबर
पुस १७, २०८१ बुधबार १९:१६, वासिङ्टन

अमेरिकी सहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारीसाधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको शहर प्रशासनले बुधबार जानकारी दिएको छ।

‘८औँ डिस्ट्रिक्टले हाल क्यानल र बर्बन स्ट्रिटमा एउटा ठूलो भीडमाथि सवारीसाधनले ठक्कर दिएको एक सामूहिक हताहत घटनामा काम गरिरहेको छ। ३० जना घाइते भएका छन् र १० जनाको मृत्यु भएको छ’, न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले विज्ञप्तिमा भनेको छ। 

आपत्‌कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ।

अमेरिकी सञ्चार माध्यम सीबीएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad