पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्ने थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन्।
उनले बीआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको दाबी गरे। उनले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रस्तावहरु चीनसँग लैजानुपर्नेमा जोड दिए।
‘अहिले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भएको छ। यसपछि हामीले अरु नयाँ योजनाहरु ल्याउन सकिने सम्भवानहरु छन्,’ खनालले भने, ‘ती सम्भावनाहरु जो छन्, तिनालई अझै पूर्णरुपमा केलाएर नेपाल सरकारले हाम्रो देशका बौद्धिक शक्तिको सुझाव लिएर यो देशको हित कसरी हुनसक्छ ? त्यो राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रस्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा पुर्याउनसक्छ।’
Shares

प्रतिक्रिया