राजनीति


मधेसको राजनीतिमा व्यापारीकरण मौलाएको छ : सांसद सिंह

मधेसको राजनीतिमा व्यापारीकरण मौलाएको छ : सांसद सिंह

नेपालखबर
पुस १६, २०८१ मंगलबार १७:५८, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन्। उनले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गरे।

उनले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताए। उनले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताए।

मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ।

उनले भने, ‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ। आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ। त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला। यसरि राजनीति हुँदैन।’

उनले भने, ‘राजनीति निष्ठा हो। आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ। त्यागको आवश्यकता छ। जहिले पनि मधेसी जनताले त्याग गरेको छ। नेताले त्याग गरेको छैन। यो यथार्थ हो। म कसैप्रति टिकाटिप्पणी गर्दिन। मेरो पिएचडीको विषय नै मधेस थियो। जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ। अन्य धेरै देशमा छ। तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन। न्यायको लागि संगठित भएर आउनुपर्यो।’

उनले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको  क्षेत्रमा उपलब्धी नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad