कारोबार


नेपाल टेलिकमबाट विदेशमा फोन गर्दा लाग्ने दर परिवर्तन, अब कति लाग्छ?

नेपाल टेलिकमबाट विदेशमा फोन गर्दा लाग्ने दर परिवर्तन, अब कति लाग्छ?

नेपालखबर
पुस १६, २०८१ मंगलबार १८:९, काठमाडौँ

नेपाल टेलिकमले विदेशमा फोन गर्दा लाग्ने दर परिवर्तन गरेको छ। 

कम्पनीले विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरुमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो। 

योसँगै एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३ रुपैयाँ ६७ पैसा कायम गरिएको कम्पनीले जनाएको छ। 

दर परिवर्तनलाई नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत गरेसँगै पुस १५ गते राति १२:०० बजेदेखि लागू भएको हो।

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad