राजनीति


दोस्रो कार्यकालका लागि पदभार सम्हाले राजदूत शर्माले

दोस्रो कार्यकालका लागि पदभार सम्हाले राजदूत शर्माले

नेपालखबर
पुस १५, २०८१ सोमबार १६:१९, काठमाडौँ

भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले दोस्रो कार्यकालका लागि पदभार सम्हालेका छन्।

शर्माले सोमबार नयाँ दिल्लीको बारखम्बा रोडस्थित नेपाली दूतावासमा पदभार ग्रहण गरेका हुन्।

उनी आजै दूतावास पुगेको र पदभार पनि सम्हालेको जानकारी दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले पुस ३ गते शर्मालाई भारतका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका थिए। सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शर्मा यसअघि २०७८ चैतमा भारतका लागि राजदूत नियुक्त भएका थिए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएपछि कांग्रेस-एमाले गठबन्धन सरकारले पुनः नियुक्त गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad