राजनीति


भीम रावलसँग भेटेपछि कर्ण मल्ल–पार्टीबाट निकालिएकाहरू एकठाउँ भए यिनको हाल के होला?

भीम रावलसँग भेटेपछि कर्ण मल्ल–पार्टीबाट निकालिएकाहरू एकठाउँ भए यिनको हाल के होला?

नेपालखबर
पुस १५, २०८१ सोमबार १५:३९, काठमाडौँ

नेपाली कांग्रेसले कारबाही गरेपछि नेपाली कांग्रेस (बी.पी.)का नेता रहेका कर्ण मल्लले एमालेले कारबाही गरेका नेता डा. भीम रावलसँग मिलेर जाने सम्भावना बढ्दै गएको बताएका छन्।

सोमबार बिहान रावलकै निवासमा पुगेर उनले रावलसँग भेट गरेका थिए।

भेटपछि आफूहरू एकै ठाउँमा हुनसक्ने उनले बताए।

आफ्नै चाहनामा रावलसँग भेट भएको र मिलेर जाने प्रस्ताव समेत आफैले राखेको मल्लको भनाइ छ।

‘डा. भीम रावल र म सुदूरपश्चिमको, मलाई तीन वर्ष अगाडि शेरबहादुर देउवाले कारबाही गरे, उहाँलाई ४ दिनअघि केपी ओलीले निकाले,’ मल्लले नेपालखबरसँग भने, ‘मिलेर जाने सम्भावना रह्यो। प्रचण्ड प्रधानमन्त्री हुँदा एकपटक सदनमा उभिएर अहिलेका गृहमन्त्री रमेश लेखकले भन्नुभएको थियो– धोकैधोका पाउनेहरू एकै ठाउँमा मिसिए भने के हालत होला तपाईँको? यस्तै हुने देखियो– एक दिन यी पार्टीबाट निकालिने मान्छेहरू।’

उनले थपे, ‘जो स्वाभिमानको लडाइँ लडिराखेका छन्, सैद्धान्तिक रुपमा विचलित हुनुहुन्न भनेर आवाज उठाइराखेका थिए, ती आवाज निमिटान्न पार्न निकालिएका मान्छेहरू सबै एकै ठाउँमा भएपछि यिनीहरूको के अवस्था होला? त्यो ढंगले हाम्रा छलफल भए।’  

बुधबार पत्रकार सम्मेलनमार्फत रावलले पार्टीबारे जानकारी गराउने तयारी गरेका छन्।

रावलसँग दाजुभाइको सम्बन्ध रहेको, भौगोलिक सम्बन्ध रहेको र अहिले पार्टीबाट निकालिने कुरा पनि मिलेको मल्ल बताउँछन्।

‘मेरो क्षेत्रबाट जित्नुभएको स्वतन्त्र सांसद डा. तारा जोशी पनि सँगै हुनुहुन्थ्यो। हामी तीनजना बसेर राखेको प्रस्ताव मैले नै हो– उहाँ (रावल)को आशय र दृष्टिकोण के छ भन्ने बुझ्नको लागि। र मेरो पनि कुतुहल भएका कारण। प्रारम्भिक छलफल सकारात्मक ढंगले अगाडि बढेको छ। बाँकी कुराहरू विस्तारै तपाईँहरू थाहा पाउनुहुन्छ,’ मल्लले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad