राजनीति


रविको फोटो भाइरल भएपछि रन्जिताले लेखिन्–रेशममाथि विभेद भएको रहेछ

रविको फोटो भाइरल भएपछि रन्जिताले लेखिन्–रेशममाथि विभेद भएको रहेछ

नेपालखबर
पुस ४, २०८१ बिहिबार १५:३१, काठमाडौँ

प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर यतिखेर भाइरल बनेको छ। उनको तस्बिर सार्वजनिक भएपछि रास्वपा सर्मथकहरुले हिरासतमा लामिछानेलाई कष्ट दिएको भन्दै सरकारको आलोचना गरिरहेका छन्। 

यही मेसोमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भने आफ्नो श्रीमान रेशम चौधरीको प्रहरी नियन्त्रणमा रहेका बेला अस्पतालको शय्याको तस्बिर समाजिक संजालमार्फत सेयर गर्दै अहिलेको कारागारमा धेरै सुविधा रहेको टिप्पणी गरेकी छिन्। 

टिकापुर घटनामा दोषी ठहर भएपछि चौधरी सांसद रहेकै बेला पक्राउ परेर कारागार चलान भएका थिए, जहाँ उनका खुट्टामा फलामको शिक्री बाँधिएको देखिन्छ। उनले त्यसतर्फ इंगित गर्दै आफ्ना श्रीमानमाथि विभेद भएको महसुस गरेको बताएकी छिन्।


‘उहाँ (रेशम चौधरी) यसरी बस्नु हुन्थयो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा,’ उनले लेखेकी छिन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाहीँ विभेद भएकै हो जस्तो महसुस भयो। हाम्रो नागरीक  उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad