राजनीति


पूर्वमन्त्री पीएल सिंहको निधनमा कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने

पूर्वमन्त्री पीएल सिंहको निधनमा कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने

नेपालखबर
पुस १, २०८१ सोमबार १४:१४, काठमाडौँ

नेपाली कांग्रेसले पूर्व मन्त्री एवं पूर्व मेयर (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। सोमबार आकस्मिकरुपमा बसेको  केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै शोकका कार्यक्रम पनि सार्वजनिक गरेको हो। 

कांग्रेसले सिंहको निधनमा पुस १, २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ। त्यस्तै १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र काठमाडौँमा शोक सभाको आयोजना गर्ने समेत निर्णय गरेको हो। 

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका सिंह पूर्व जनसंख्या तथा वातावरण मन्त्री तथा तत्कालीन काठमाडौँ नगरपालिकाका पूर्व नगर प्रमुख समेत हुन्। सिंह लामो समयदेखि लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad