राजनीति


आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगन

आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगन

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १३:२०, काठमाडौँ

आज (बिहीबार) बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ। 

यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो। 

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ। 

‘अध्यक्ष चितवन र धादिङ जिल्लाका विभिन्न कार्यक्रममा हुनुभएकाले आज ३ बजेका लागि बोलाइएको बैठक बस्न सकेन,’ कार्यालय स्रोतले नेपालखबरसँग भन्यो, ‘अब बैठक भोलि (मंसिर २८) गते बस्नेछ।’

माओवादीले स्थायी समिति बैठकबाट पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad