राजनीति


प्रधान सेनापति सिग्देलद्वारा भारतीय समकक्षी द्विवेदीसँग शिष्टाचार भेट

प्रधान सेनापति सिग्देलद्वारा भारतीय समकक्षी द्विवेदीसँग शिष्टाचार भेट

नेपालखबर
मंसिर २६, २०८१ बुधबार २०:५६, काठमाडौँ

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेएका प्रधान सेनापति अशोकराज सिग्देलले आज (मंसिर २६ गते) भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन्।

साथै, प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेका नेपाली सेनाले जनाएको छ।

आजै प्रधान सेनापति सिग्देलले भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय समर स्मारक (नेसनल वार मेमोरियल) मा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधान सेनापतिमा नियुक्त भए पश्चात उनले पहिलो विदेश भ्रमण हो।

भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मंसिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

यसअघि भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाल भ्रमण गरेका थिए। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्का देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहेको छ।प्रधान सेनापतिमा नियुक्त भए पश्चात उनले पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन्।
प्रधान सेनापति सहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad