राजनीति


मोहन वैद्यको पार्टीको चिन्ता– विश्वव्यापी रूपमा दक्षिणपन्थ र लोकप्रियतावाद बढ्यो

मोहन वैद्यको पार्टीको चिन्ता– विश्वव्यापी रूपमा दक्षिणपन्थ र लोकप्रियतावाद बढ्यो

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १४:२६, काठमाडौँ

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले विश्वव्यापी रूपमा दक्षिणपन्थ र लोकप्रियतावादको लहर बढ्दै गएकामा चिन्ता व्यक्त गरेको छ।

हालै सम्पन्न महाधिवेशनका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता हेमन्तप्रकाश ओलीले विज्ञप्ति वाचन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्। 

पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मलाई दक्षिणपन्थी र लोकप्रियतावादीको संज्ञा दिएको छ।

भारतमा नरेन्द्र मोदी, टर्कीमा एर्दोगान, इजरायलमा नेतन्याहु, इटालीमा मेलोनी र अमेरिकामा डोनाल्ड ट्रम्पको जिलाई दक्षिणपन्थी लोकप्रियतावादका उदाहरणका रूपमा प्रस्तुत गर्दै ओलीले भने, ‘विश्वव्यापी रुपमा दक्षिणपन्थ र लोकप्रियतावादको लहर बढ्दै गएको छ। त्यसको परिणामस्वरुप फासीवादी राष्ट्रवादको प्रभावको खतरा गम्भीररुपमा अगाडि आइरहेको छ। यो महाधिवेशन विश्वव्यापी बन्दै गइरहेको दक्षिणपन्थी फासीवादको कडाभन्दा कडा शब्दमा विरोध गर्छ। त्यसका विरुद्धको संघर्षमा ऐक्यबद्धता कायम गर्दै संयुक्त मोर्चालाई सबल तुल्याउन आह्वान गर्दछ।’  

महाधिवेशन मंसिर १३ बाट सुरु भर २३ गतेसम्म चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad