राजनीति


संघीय निजामती सेवा विधेयकः समितिले आज संशोधन कर्ता सांसदसँग छलफल गर्ने

संघीय निजामती सेवा विधेयकः समितिले आज संशोधन कर्ता सांसदसँग छलफल गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०८१ आइतबार १२:१४, काठमाडौँ

संघीय निजामति सेवा विधेयक अघि बढ्ने भएको छ। 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आजबाट विधेयकमाथी छलफल थाल्न लागेको हो। 

लामो समयदेखि समितिमा अड्किरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आजबाट समितिले छलफल थाल्दैछ।

विधेयकमाथी छलफल गर्न आज दिउँसो १ बजे समितिको बैठक बोलाइएको छ। 

आजको बैठकमा समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्नेछ। 

२०८० फागुन २१ गते मन्त्री अनिता देवीले मन्त्री पदबाट बिदा हुनुभन्दा केही घण्टाअघि ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधि सभामा दर्ता गराएकी थिइन्। 

२०८० फागुनमा दर्ता भएको विधेयक सदनले तीन महिनापछि २०८१ जेठ १५ मा दफावार छलफलका लागि समितिमा पठाएको थियो। 

समितिमा आएको तीन महिनापछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भदौ २० मा बल्ल पहिलो बैठक राख्यो । विधेयकमाथि सैद्धान्तिक छलफल भएपनि थप काम अघि बढ्न सकेको थिएन। 

अब भने समितिले निजामति विधेयक माथी काम अघि बढाउने भएको हो। 

सभामुख देवराज घिमिरेले पटक पकट समिति सभापतिहरूसँग छलफल गरेर समितिमा भएका विधेयकहरू अगाडि बढाउन ताकेत गरिरहेका छन्। 

संघीयता कार्यान्वयनका महत्वपूर्ण दुई विधेयकहरू संघीय निजामति सेवा विधेयक र विद्यालय शिक्षा विधेयकमा सभामुखको जोड छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad