नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेका पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन्।
उनले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको बताए।
उनकाअनुसार उक्त सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल, नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ।
चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट विस२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिब २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सी चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिए।

उनले भने,‘बीआरआईअन्तर्गत १० परियोजनाहरु जसमा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ।’
उनले थपे, ‘चीन सरकारका तर्फबाट विस२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन नेपाली ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको छ।’
उनले भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ती जारी गरिएको पनि बताए। उनले यो पटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारेको पनि बताए। चीन भ्रमणले आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताए।
कायममुकायम सचिव राईले भने, ‘भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ। यो पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारेका छौं। यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु।’
उनले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरेको जानकारी दिए।
उनले नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको र उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभूत र हार्दिकतापूर्ण छलफल भएको जानकारी दिए। भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि आफ्नो भेटघाट भएको बताए।
Shares

प्रतिक्रिया