हङकङ प्रशासनले पछिल्लो समय स्थानीय समुद्री किनारमा गरिने सर्फिङमा कडाइ गर्न थालेको छ।
सरकारले सर्फिङमा लामो समयदेखि रहेको प्रतिबन्धलाई अचानक कडाइका साथ लागू गर्न थालेको हो।
तर, सर्फिङप्रेमीहरू भने प्रशासनको कडाइप्रति असन्तुष्ट बनेका छन्।
सर्फिङलाई प्रोत्साहन गर्नुपर्नेमा प्रशासनले बुझ्न नसकेको उनीहरुको गुनासो छ।
यस्तो गुनासो गर्नेमा पर्छन् खेल प्रशिक्षक जेम्स। उनी तीन वर्षअघि नजिकैको गाउँमा बसाइँ सरेदेखि नै बिहान-बिहान हङकङको बिग वेभ बे बिचमा सर्फिङका लागि जाने गरेको बताउँछन्।
समुद्रमा सजिलै पुग्न सकिने सुविधा भएकोले नै त्यहाँ सरेको उनको भनाइ छ।
“हाम्रो जीवनमा यो एकदम दुर्लभ कुरा हो, विशेष गरी हङकङजस्तो व्यस्त सहरमा, जहाँ एक क्षणका लागि रोकिएर जीवनको आनन्द लिने अवसर हुन्छ। तर यो सर्फिङ गर्दा मात्र सम्भव छ”, उनले भने, “तपाईंलाई [पहिले र पछि] का कुरा बिर्सिनैपर्छ।”
जेम्सजस्तै अरू सर्फरहरूले पनि पछिल्लो समय आफूलाई स्थानीय समुद्री किनारमा कडाइ गरिएको महशुस गरेका छन्।
यो समुद्री किनार दशकौँदेखि हङकङको सर्फिङका लागि मुख्य गन्तव्य मानिँदै आएको थियो।
Shares

प्रतिक्रिया