जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरिएकामा असन्तुष्टि जनाएको छ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आज विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेको र सांसद् पदबाटमुक्त गरेको व्यक्तिलाई संसद्ले बचाउ गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याएर कारबाही सदर गरिसकेको सदस्यलाई संविधानको भावना विपरीत संरक्षण गर्न खोजिएको छ, यसप्रति पार्टीको आपत्ति छ’, विज्ञप्तिमा भनिएको छ।
सापकोटा जनमत पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुन्। सापकोटालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिए पनि संसद् सचिवालयले बचाउ गर्नेगरी पार्टीलाई पत्र पठाएकोप्रति उनले आपत्ति जनाए। रासस
222
Shares

प्रतिक्रिया