राजनीति


पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रलाई ३७६ मतको अग्रता

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रलाई ३७६ मतको अग्रता

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १२:४, काठमाडौँ

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता कायम राखेको छ। 

माओवादी केन्द्रकी नरपूरा बुढाले एक हजार ७६ मतसहित अग्रता कायम राखेकी छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार पुथाउत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचनले सातसय मत ल्याएकी छन्। उनी  कांग्रेसकाे चुनाव चिन्हमा निर्वाचन लडेकी हुन्।

अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 

अघिल्लो निर्वाचनमा पुथाउत्तरगंगाको उपाध्यक्षमा भुपेन्द्रा बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन्। 

त्यतिबेला कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले  १ हजार ८१२ ल्याएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad