राजनीति


कांग्रेस-एमालेसँगको सहकार्य संविधान निर्माणपछि कमजोर भयोः वर्षमान पुन

कांग्रेस-एमालेसँगको सहकार्य संविधान निर्माणपछि कमजोर भयोः वर्षमान पुन

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १९:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कांग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको बताएका छन्।
 
पार्टीको तेश्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२/०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताए।
 
कांग्रेस–एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरुको मात्र सीमित गर्ने कोसिसमा र आफूहरु बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरुलाई नियन्त्रण गर्न थालेपछि कांग्रेस–एमाले अप्रत्याशित रुपमा मिलेको पुनले बताए।

कांग्रेस–एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले कांग्रेस–एमाले एउटा कित्ताका र आफूहरु अर्को कित्ताको भन्ने जनताले स्पष्ट रुपमा बुझेको दाबी गरे। 

पुनले भने, ‘कांग्रेस–एमालेको भ्रष्टाचार र बेथितीका कारण जनता हामीतर्फ आकर्षित भएका छन्। अहिलेको सरकारको नृेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ।’

सुशासनका लागि भ्रष्टाचार र अनियमितताविरोधी अभियान थालेपछि कांग्रेस–एमाले बिच्किएको भन्दै उनले कांग्रेस–एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएछि सरकार ढलेको बताए।

संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरुलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको दाबी पनि गरे। 

प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाएको र  वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरुले चलाइरहेको आरोप लगाए।
 
गणतन्त्र जनताको हुन्छ कि बुर्जुवाहरुको हुने खतरा हुन्छ भनेर ०६२/०६३ अघि नै भनेको स्मरण गर्दै अझैपनि जनताले गणतन्त्रको विकल्प नखोजेको बताए।

०२६, ०४६ अघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन भए पनि ०६२/०६३ पछि २० वर्ष भए पनि त्यस खालको आन्दोलन नहुनुले वर्तमान व्यवस्थाप्रति बहुसंख्यक जनताको अपनत्व रहेको पुष्टि हुने पुनले बताए। 

‘यसअघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागिआन्दोलन हुन्थ्यो । अहिले २० वर्ष भयो । किन आन्दोलन उठेको छैन भने मानिसले यसलाई रुचाएका छन’, उनले भने। 

कांग्रेस–एमाले नयाँ भन्ने दलहरुलाई माथि उठ्न नदिने र तर आफूहरु लोकतन्त्रको बगैंचामा नयाँ फूल फूल्न दिनुपर्ने नीतिमा रहेको दाबी गरे।

‘लोकतन्त्रमा नयाँलाई आउन दिनुपर्छ । यदि वृक्ष गलत परेछ भने आफैं सकिन्छ। तर, आउनै रोक्ने कुरामा हाम्रो सहमति छैन’, पुनले भने।

उनले प्रचण्डकै नेतृत्वमा पार्टीलाई पुनर्गठित र पुनर्ताजगी गरेर जनुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad