नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हुने बताएका छन्।
कीर्तिपुर नगरपालिकाका भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार ठूलठूला भ्रष्टाचार लुकाउन बनेको दाबी गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान मिचेर प्रधाजनमन्त्री बनेको आरोप पनि लगाए।
‘संविधान मिचेर बनेको सरकार हो। संविधानको धारा २ बाट ३ मा नगई फेरि २ मै गएर बनेको संविधान विरोधी सरकार हो। लोकतान्त्रिक व्यवस्थामा यस्तो हुँदैन,’ प्रचण्डले भने, ‘वेचन झा र प्रतिक थापा पक्राउ पर्न थालेपछि यस्तो भएको हो।’
माओवादी नेतृत्वको सरकार ढाल्न असार १७ गते मध्यराति कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्ने सहमति गरेका थिए।
त्यसपछि असार २८ गते प्रचण्डले राजीनामा दिए। एमाले अध्यक्ष ओली असार ३१ गते प्रधानमन्त्री बनेका हुन्।
प्रचण्डले अहिलेको चुनाव २०८४ को लागि आँखीझ्याल हुने पनि बताए।
कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्राडा शिवशरण महर्जन उम्मेदवार छन्।
Shares

प्रतिक्रिया