राजनीति


परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १९:१६, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिरिषद्को बैठकले राणाको भ्रमणलाई स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि उनी यही मंसिर १३ गते चीन भ्रमणमा जानेछिन्। प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै छन्। 

बेइजिङ पुगेको भोलिपल्ट १४ मंसिरमा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन्।

यसअघि स्वास्थ्य परीक्षणका लागि जापान गएर त्यहाँबाट चीन जाने तयारीमा राणा थिइन्।

तर, अन्तिम समयमा आएर उनले जापान नगई सिधै चीन जाने कार्यक्रम बनाएकी हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad