राजनीति


ओलीले बोलाएको बैठकमा अनुपस्थित देउवा जनकपुरमा

ओलीले बोलाएको बैठकमा अनुपस्थित देउवा जनकपुरमा

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १२:३५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नभई सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनकपुर पुगेका छन्।

प्रधानन्त्री ओलीले आसन्न चीन भ्रमणको विषयमा छलफल गर्न पूर्व प्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको बैठक राखेका हुन्। चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच मतभेद छ।

यही विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले बैठक राखे। तर, सत्ताको मुख्य घटक कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा भने बैठकमा नगई सोमबार जनकपुर लागेका हुन्। कुनै मुलुकको भ्रमण गर्नुअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्ने गरेका छन्।

सिंहदरबारमा जारी बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उपस्थित छन्। यस्तै, पूर्वपरराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ लगायत पनि सहभागी छन्।  

प्रधानमन्त्री ओली मंसिर तेस्रो साता चीनको भ्रमणमा जाने तयारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad