राजनीति


बालेनले एमालेलाई तोके एक लाख जरिवाना

बालेनले एमालेलाई तोके एक लाख जरिवाना

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार २०:२०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।

शुक्रबार (मंसिर ७ गते) ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको छ।

नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको’ जनाएका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वतन्त्र निर्वाचित हुन्। एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका पार्टी हो।

यसअघि महानगरले गत वर्ष चैतमा राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दा फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै क्षतिपूर्ति र मर्मत खर्चवापत् ५ हजार २ सय २२ रुपैयाँ तिराउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad