मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो।
संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनको नियुक्ति हुन्छ। बैठकमा सहभागी एक एक मन्त्रीले दिएको जानकारीअनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ का पूर्णबहादुर नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको हो।
84
Shares

प्रतिक्रिया