नेपाली सेनाको उपरथीमा प्रेमबहादुर पुन बढुवा हुने भएका छन्। पुन हालका सहायक रथीहरुमा सबैभन्दा वरिष्ठ हुन्।
पुनलाई उपरथीमा बढुवा गर्ने सूचना सेनाले एक साता अगाडी नै निकालिसकेको थियो। उनीविरुद्ध कुनै उजुरी नपरेपछि बढुवाका लागि रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी गरिएको हो।
सहायक रथी पुन शान्ति कार्य निर्देशनालयमा कार्यरत छन्। पुन २०७७ असारमा सहायक रथीमा बढुवा भएका थिए। यसअघि उपरथी बाबुराम श्रेष्ठ कात्तिक १ गते अवकास भएपछि रिक्त स्थानमा पुनलाई बढुवा गर्न लागिएको हो।
तीन वर्षे कार्यकाल पूरा भएपछि श्रेष्ठको कार्यकाल थप नभएपछि अनिवार्य अवकास भएका थिए। श्रेष्ठको अवकासपछि प्रदीपजंग केसी रथीमा बढुवाका लागि सिफारिस भइसकेका छन्।
तर मन्त्रिपरिषदबाट निर्णय नभएकाले केसीको स्थानमा भने बढुवाको प्रक्रिया अगाडी बढिसकेको छैन।
अब बस्ने मन्त्रिपरिषद बैठकले केसीलाई रथीमा बढुवा गर्ने निर्णय गर्नेछ। त्यसपछि अर्को उपरथीको बढुवा प्रक्रिया अगाडी बढ्ने छ। उक्त स्थानमा सहायक रथी नहकुल रायमाझी बढुवा हुनेछन्। पुनपछिको बरियतामा रायमाझी छन्।
सेनामा बरियता अनुसार नै बढुवा गरिँदै आएको छ।
Shares

प्रतिक्रिया